काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

कांग्रेस दाङ जिल्ला सभापतिमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुँदै

4.52K
shares
khanepani bord

रूपन्देही । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत दाङ जिल्ला सभापतिका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज पुनः मतदान हुने भएको छ ।

सभापति धेरै मत ल्याउने शंकर प्रसाद डाँगी र भूपबहादुर डाँगीबीच पुनः मतदान हुन लागेको हो । आज १० बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानबाट उपसभापति कमानसिङ भारती र गिरिराज सुवेदी, सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल, सहसचिवमा राजु आचार्य र सुबोध कुमार डाँगी निर्वाचित भएका छन् ।

सदस्यतर्फको पालिका सदस्यको गणना आज बिहानैदेखि शुरु भएको छ । आज रातिसम्म सबै मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

IME
khanepani