काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको काभ्रे जिल्ला सभापतिमा तीर्थ लामा विजयी

4.9K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको काभ्रे जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन् । उनी संस्थापन समूहका हुन् ।

दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने पौडेलले ७७० मत पाएको निर्वाचन समितिले जनाएको छ ।

काभ्रेमा संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको थियो । काभ्रेका पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य शिव हुमागाईले लामालाई सभापतिमा समर्थन गरेका थिए । हुमागाईं काभ्रे कांग्रेसमा प्रभावशाली नेता मानिन्छन् । उनी सिटौला समूहका नेता हुन् ।

IME
khanepani