कोरोना संक्रमित नेता भिम आचार्यलाई महाधिवेशनस्थलबाट भरतपुर अस्पताल लगियो

काठमाडौं । एमाले महाधिवेशनमा भाग लिन आएका नेता भिम आचार्य कोरोना संक्रमणबाट बिरामी भएपछि अस्पताल लगिएको छ ।

केही दिनअघि संक्रमण पुष्टी भएपछि उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए ।

आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो ।

उनलाई ज्वरो लगायतका लक्षणहरु देखिएका छन् ।

आचार्य छोटो समयमा लागि प्रदेश १को मुख्यमन्त्री भएका थिए ।

१२,मंसिर.२०७८,आईतवार १५:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्