काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

निर्वाचन प्रक्रिया सुरु नभएकोमा भीम रावलको आपत्ति, केही व्यक्तिले अन्यत्रै बसेर विधिविपरीत गरेको आरोप

4.73K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनको निर्वाचन सम्बन्धी प्रक्रिया पूरा नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि पद्दतिविपरीत निर्णय गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व घोषणाको तयारी गरिरहेका बेला रावलले ट्वीट गर्दै अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हित विरुद्धमा रहेको बताएका छन् ।

रावलले भनेका छन्– एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।

एमाले महाधिवेशनको कार्यतालिका अनुसार शनिवार उम्मेदवारी मनोनयन भएर आइतवार मतदान हुनुपर्ने थियो । तर सो प्रक्रियामै नगएपछि उनले आपत्ति जनाएका हुन् ।

IME
khanepani