
विराटनगर । नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन् । सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । भण्डारी संस्थापनइतर प्यानलका हुन् ।
सोमबार भएको मतदानमा दुई हजार ६२६ मत खसेको थियो । जसमध्ये भण्डारीले एक हजार ४२२ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ३०९ मत प्राप्त गरे । भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी निभाएका थिए ।
उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्