काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

उपाध्यक्षमा उम्मेदवारी दिँदै भुसालले भने, ‘लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन’

4.47K
shares
khanepani bord

काठमाडौ । काठमाडौ एमाले नेता घनश्याम भुसालले ‘लोकतन्त्र छ, पार्टीमा मार्क्सवाद जिउँदो छ’ भन्नका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

दसौं महाधिवेशनबाट उपाध्यक्ष बन्न सोमबार बिहान उम्मेदवारी दर्ता गराएका भुसालले दलाल पुँजीवादले एमाले सिध्याउँदै लगेको भन्दै क्रान्ति अपहरण गरेको बताए।

उपाध्यक्षमा जित्ने दाबी गर्दै भुसालले आफूले प्यानलबाट नभएर व्यक्तिगत रूपमा उम्मेदवारी दिएको स्पष्ट पारे।

‘नेकपा एमाले जत्तिको लोकतान्त्रिक, क्रान्तिकारी पार्टीका शुभचिन्तक परिवर्तनका पक्षमा खडा छन् त्यहीँ भएर जित्छु। एकीकृत पार्टी किन फुट्यो, सरकार किन टिक्न सकेन भन्ने बहस गरेका छैनौं त्यसकै लागि उम्मेदवारी हो’, भुसालले भने, ‘नवौंमा जुन प्यानल भयो त्यो गल्ती थियो, मैले व्यक्तिगत ढंगले उम्मेदवारी दिएको हो।

उनले लोकतन्त्रमा पार्टी कुनै व्यक्तिको कब्जामा हुन नसक्ने बताए।

‘लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन, लोकतन्त्रमा यस्तो देखिनु गलत हो। १० बुँदे भनेरमात्रै नबुझ्दिनु होला, हामी सबै स्वतन्त्र छौं,’ भुसालले भने।

IME
khanepani