काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार, एमालेको कार्यकारी पदमा नबस्ने घोषणा

3.65K
shares
khanepani bord

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो ।

पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी थिए । तर, सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट बनेका हुन् । कुराकानीमा पण्डितले आफू केन्द्रीय सदस्यमा नबस्ने बताए ।

‘म एमालेको केन्द्रीय सदस्य रहन्न’ उनले भने, ‘यो विषयमा पार्टीलाई पनि जानकारी गराइसकेको छु ।’

उपाध्यक्ष पदको आकांक्षी भएर पनि किन उम्मेदवारी दिनुभएन भन्ने प्रश्नमा पण्डितले भने, ‘यो विषयमा अहिले कुरा नगरौं ।’

पण्डितले सामाजिक सञ्जालमा पनि आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका छन् । उनले आजैदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दसौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना दिएका छन् ।

khanepani