
काठमाडौं । त्रिभुवन विश्व विश्व विद्यालय केन्दिय इतिहास विभागमा अघिल्लो बर्षको तुलनामा यस बर्ष इतिहास बिषयमा मास्र्टस, एमफेल र पिचडी पढ्न भर्ना हुने विद्यार्थीहरुको संख्या बढेको छ ।
त्रिभुवन विश्व विद्यालय इतिहास विभागले आज गरेको एक अन्तरक्रिया कार्याक्रममा सहभागिहरुलाई विश्व बिद्यालयका इतिहासका प्राध्यापकहरुले उक्र कुरा बताएका हुन । अघिल्लो बर्षको तुलनामा यस बर्ष इतिहास विषयको अध्यायनका लागि विद्यार्थीहरुले बढी चासो राखेर भर्ना भएको कुरा विश्व विद्यालयका प्रा.डा. राजकुमार पोख्रेरले बताएका थिए । उनले विद्यालयलको क्षमता अनुशार विद्यार्थीहरुको भर्ना उत्साहजनक रहेको बताएका हुन । इतिहास हरेक
विषयका विद्यार्थीहरुका लागि एक महत्वपूर्ण दस्तावेज रहेको पोख्रेलले सो अन्तरक्रिया कार्याक्रममा बताएका थिए । केन्द्रिय इतिहास विभागमा रहेका इतिहास सम्बन्धी दस्तावेज आउने पुस्ताका लागि निक्कै महत्वपूर्ण हुने हुदाँ यसको संरक्षण पनि उत्तिक्कै महत्व रहेको बताउदै यसलाई डिजिटल प्लेटफर्ममा स्टोरेज गर्ने कार्य हुन लागेको समेत उनले बताएका थिए ।
उक्त कार्याक्रममा इतिहास विभागका अर्का प्राध्यापक डाक्टर घनश्याम भट्टराईले भने, इतिहासको महत्व र गरिमा आगामि दिनहरुमा अझ बढ्दै जाने र देश विदेशमा समेत इतिहासका तथ्य र तथ्याङको ज्ञान आवश्यक रहेको बताएका थिए । आजसम्म हामिले राजामहाराजाको बारेका इतिहासलाई मात्र इतिहास मानेर अध्यायन गरेका छौ तर, इतिहासका धेरै आयम र विद्याहरु रहेका छन । जनता इतिहासका बारेमा समेत जान्नु आजको आवश्यकता रेहेको विषयहरुको उठान उक्त अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले उठाएका थिए । उक्त कार्याक्रममा इतिहास बिभागका प्राध्यापकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रा. डा. विष्णु सापकोटा, डा. विनोद थापा, डा. उद्धव पुरी, डा. दिलु थापा र डा. निरञ्जन ओझाका इतिहास सम्बन्धी ओजस्वी भनाईहरु राखेका थिए । सो अवसरमा विद्यार्थीहरुले अनलाइन अध्यापन गराउनु पर्ने भनाइहरु समेत राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्