काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

एमाले पदाधिकारीमा कर्णाली समेटिएन, यामलाल कँडेल केन्द्रीय सदस्यमै सीमित

4.76K
shares
khanepani bord

सुर्खेत । नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा यसपटक पनि कर्णाली समेटिएनन् । प्रदेशका नेताहरूले १०औं महाधिवेशनबाट कर्णालीले पदाधिकारी पाउनै पर्ने माग गरेका थिए ।

तर आइतबार साँझ एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा कर्णालीबाट कोही परेनन् । कर्णालीबाट सचिवको चर्चा गरिएका यामलाल कंडेल केन्द्रीय सदस्यमै सीमित रहे ।

एमालेको कर्णाली प्रदेश सहसंयोजनक एवंम पूर्वमन्त्री समेत रहेका कँडेलले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्दै भनेका थिए, ‘हामी जहिल्यै अन्य प्रदेशका नेताहरूबाट नेतृत्व लिइरहृयौं, अब म स्वयम नै अघि सर्छु, चुनावै लडनु परे लड्छु ।’ तर कँडेल केपी ओलीविरुद्ध जान सकेनन् ।

कर्णालीमा यसअघि एमालेका ११ जना केन्द्रीय सदस्य थिए । अहिले ३०१ जनामा २१ जना केन्द्रीय सदस्य कर्णालीबाट परेका छन् । पदाधिकारीमा दाबी गरेका कँडेल पनि २१ भित्रै सीमित भएका छन् ।

कँडेलसँगै सदस्यमा सुर्खेतकै नवराज रावत, मोहनमाया ढकाल, हुम्लाका दल रावल, जाजरकोटका सीपी घर्ती, डम्बर बहादुर सिंह, निरज आचार्य, दैलेखका धर्मराज रेग्मी, विष्णु रिजाल, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, मीना रखाल, सल्यानका गुलाबजंग शाह परेका छन् ।

यस्तै नेशनल शाही, तीर्था गौतम, भैरवसुन्दर श्रेष्ठ, दीपा शर्मा रुपाखेती, मोहन बानियाँ, दक्षिणा शाही, वद्मी क्वांरी बोहोरा, सूर्यकुमारी श्रेष्ठको नाम केन्द्रीय सदस्यमा अटाए ।

भुगोलतर्फका ६ केन्द्रय सदस्य

कर्णालीबाट भूगोलतर्फका ६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । अध्यक्ष ओलीको सूचीमा नअटाएर उम्मेदवारी दिएका योगेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि सदस्यहरू सर्वसम्मत भएका हुन् ।

एमाले कर्णालीका सचिव धर्मराज रेग्मीसहित गुलाबजंग शाह, डम्बरबहादुर सिंह, नागिन्द्र शाही (नेशनल), निरज आचार्य र विष्णु रिजाल निर्विरोध भएका छन् ।

कर्णालीबाट केन्द्रीय सदस्यमा तीनजना महिला पनि सर्वसम्मत चएन भएका छन् । कर्णालीबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल महिला कोटाबाट निर्विरोध चयन भएका हुन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

IME
khanepani