काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने

4.55K
shares
khanepani bord

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ ।

राष्ट्रपति बाइडेनले विभिन्न देशका सरकार, नागरिक समाज तथा निजी क्षेत्रलाई सहभागी गराएर ‘समिट फर डेमोक्रेसी’ आयोजना गर्दैछन् । उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल बनाउने निर्णय हिजो बसेको मन्त्रिपरिषदको बैठकले गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले जापानबाट १० अर्ब ३९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।

IME
khanepani