अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ ।

राष्ट्रपति बाइडेनले विभिन्न देशका सरकार, नागरिक समाज तथा निजी क्षेत्रलाई सहभागी गराएर ‘समिट फर डेमोक्रेसी’ आयोजना गर्दैछन् । उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल बनाउने निर्णय हिजो बसेको मन्त्रिपरिषदको बैठकले गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले जापानबाट १० अर्ब ३९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।

१४,मंसिर.२०७८,मंगलवार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्