
विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) निकट बुद्धिजीवी परिषद् मोरङ अध्यक्ष रहेका अधिवक्ता श्रेष्ठलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेका हुन् ।
नियुक्तिपछि प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।
प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले चुणामणि आचार्यलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिएको थियो ।
सरकार परिवर्तन भएपछि आचार्यले कात्तिक १७ मा राजीनामा दिएका थिए। श्रेष्ठले सोमबार कार्यभार सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्