काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई गरे आग्रह

4.67K
shares
khanepani bord

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।

एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

IME
khanepani