
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलक्षित नि:शुल्क बस सेवा सुरू गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बुधबार विमानस्थलको आन्तरिक टर्मिनलमा सुरू गरिएको यस सेवाको उद्घाटन गरेका छन् ।
उद्घाटनपछि मन्त्री आले यात्रुसँगै माइक्रो बसमा विमानस्थलको गोल्डेन गेटसम्म आइपुगे । आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थलबाट मुख्य सडकसम्म निःशुल्क बस सेवा (सटल बस) सुरू गरिएको हो ।
विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्डययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
नि:शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्