
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा विकासका अवरोध चिर्न विकास कानुन निर्माणको काम शुरु भएको जानकारी गराएका छन् । आर्थिक पत्रकार समाज सेजनको रजत जयन्तिका अवसरमा बुधबार काठमाडौंमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी गराएका हुन् ।
बिकास कानुनले खास गरी वातावरण, जग्गा अधिग्रहण सहितका समस्या सल्टाउन भूमिका खेल्ने बताए । कोभिड-१९का नयाँ नया भेरियन्टले अर्थतन्त्रमा अझै चुनौती थपेको भन्दै उनले प्रभाव अझै गहिरो पर्ने डर रहेको उल्लेख गरे ।
उनले विकास खर्च बढाउन सरकार नयाँ मोडालिटीको खोजी गरिरहेको समेत जानकारी गराए । आयात घटाउन विलासिताको वस्तु आयातमा कडाइ गर्ने नीति रहेको भन्दै अर्थमन्त्रीले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउन प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्