राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौं भृकुटीमण्डमा सुरू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भृकुटीमण्डमा सुरू भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

महाधिवेशन हलमा राप्रपा कार्यकर्ताहरू भरिभराउ छन् । अन्य पार्टीका नेताहरूलाई पनि निमन्त्रण गरिएको भए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेक अरु शीर्ष नेताहरूको उपस्थिति देखिएको छैन । मञ्चपछाडि राखिएको ब्यानरमा पार्टीका तीन अध्यक्षहरु पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको तस्बिर राखिएको छ ।

यस महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनको भिडन्त हुँदैछ । हाल तीन अध्यक्ष रहेको राप्रपा महाधिवेशनपछि एकल अध्यक्ष प्रणालीमा जानेछ ।

१५,मंसिर.२०७८,बुधबार १३:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्