काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

टिकट बुकिङ नगर्न हवाई कम्पनीलाई जापानको आग्रह

3.86K
shares
khanepani bord

टोकियो । जापानको यातायात मन्त्रालयले नयाँ हवाई टिकट बिक्री नगर्न हवाई कम्पनीहरुलाई आग्रह गरेको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रेन संक्रमण पुष्टि भएसँगै विदेशीलाई रोक लगाएको जापानले हवाई कम्पनीहरुलाई अन्तर्राष्ट्रिय उडानका नया टिकट कुङि नगर्न आग्रह गरेको हो ।

यस अघि जापानले मुलुक प्रवेश गर्न खोज्ने बिदेशीलाई रोक लगाउने र १ दिनमा ३ हजार ५०० जनालाई मात्रै प्रवेश गर्ने निर्णय गरेको थियो ।

अफ्रिकी मुलुक नामिबियाबाट प्रवेश गरेका एक विदेशी मानिसमा ओमिक्रोन सक्रमण पुष्टि भएपछि जापानले यस्तो निर्णय गरेको हो । यसैबीच यहाँ अर्का एक विदेशीलाई भाइरस संक्रमण पुष्टि भएको छ ।

केहि दिनअघि जापानको नारिता अन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका ती व्यक्तिलाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण देखिएको हो । यो सहित जापानमा ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या २ पुगेको छ ।

khanepani