स्वास्थ्य मन्त्रालयले जरुरी कामबाहेक विदेश भ्रमण नगर्न गरे आग्रह

नेपाली जनता

काठमाडौं । स्वास्थ्य मन्त्रालयले जरुरी कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन नेपालमा फेला नपरिसकेको जनाउँदै मन्त्रालयले सतर्कता अपनाउन समेत भनेको छ ।

उक्त भेरिएन्टको रोकथामका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको समेत मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस  सम्पदास्थलमा चारपांग्रे सवारी रोक
१५,मंसिर.२०७८,बुधबार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: