काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाला चर्तुर्थीका दिन पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थको बिक्री वितरण तथा सेवन नगर्न आग्रह

4.47K
shares
khanepani bord

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाला चर्तुर्थीका दिन पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थको बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराउँदै मन्दिर परिसरमा तीर्थयात्री भक्तजनहरुलाई मांस–मदिरा तथा नशालु पदार्थको बिक्री–वितरण तथा सेवन नगर्नरनगराउन आग्रह गरेका हुन् ।

उक्त सूचना विपरित क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने बताइएको छ ।

बाला चतुर्दशीको दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान वाग्मती नदीमा बत्ती विसर्जन गरी पशुपतिक्षेत्रका मठमन्दिर, देवालय, शिवालय, कैलाश चउर, मृगस्थली, मृगवाटिकाको भागलभूगल महादेव लगायतका स्थानहरुमा सद्वीज छर्ने परम्परा रहेको रहेको छ ।

IME
khanepani