मुलुकको अर्थतन्त्रमा अप्ठेरो पर्न नदिन आयातमा कडाइ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाइ अप्ठेरो पर्न नदिन आयातमा कडाइ गरिएको बताएका हुन् ।

‘वैैध रूपमा अवैध काम भइरहेको’ भन्दै उनले भन्सारमा कडाइ गरिएको बताए । त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको उनले बताए ।

‘वैध रूपमा अवैध काम भइरहेको छ’, मोबाइल पनि अवैध रूपमा भित्रिइरहेकोप्रति संकेत गर्दै मन्त्री शर्माले भने, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो ।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए ।

यसैगरी उनले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गरे । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत उनले बताए ।

१५,मंसिर.२०७८,बुधबार १६:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्