प्रधानन्याधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

नेपाली जनता

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर भने हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् ।

विशेषगरि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधान न्यायाधीश राणाको वहिर्गमनको पक्षमा छन् । नेपाल बार एशोसियसनले गोला प्रक्रियामा गएपछि पनि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइमाथिको अवरोध पुर्याउनुको उद्देश्य पनि यहि रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहानै शीर्ष नेताहरुबीच यसबारेमा छलफल भएको छ । सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायधीश राणालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएको छ ।

बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश विरामी परेकाले तत्काल कार्यवहाक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।

‘प्रधानन्यायधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको छ’, संचार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।

यता माओवादी र नेकपा एस समर्थित वरिष्ठ अधिवक्ता तथा अन्य कानून व्यवसायी र केही पूर्व प्रधान न्यायाधीशले सर्वोच्च अदालतबाट राणालाई हट्ने वातावरण बनाउन सत्ता गठबन्धनमाथि दबाब दिइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले बुधवारमात्रै बारसँगको छलफलमा असार २८ गतेको परमादेश जारी गर्न वातावरण बनाउनेहरुको गुन तिर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस  वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी, सामुदायिक वनमा व्यापक फँडानी
१६,मंसिर.२०७८,बिहीबार १०:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: