महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गर्छौं : कांग्रेस प्रवक्ता शर्मा

नेपाली जनता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा राम्रो लोकतान्त्रिक अभ्यास गरिने बताएका छन् । उनले कांग्रेसमा नेतृत्वको आलोचना र विरोध गर्न पाइने पनि बताए ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनप्रति लक्षित गर्दै प्रवक्ता शर्माले भने, ‘हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ ।’ बिहीबार बिहान ललितपुरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता शर्माले सो कुरा बताएका हुन् ।

प्रवक्ता शर्माका अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार महाधिवेशनको लोगो सार्वजनिक गर्ने छन् ।

महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने र एकजना मतदातालाई भोट खसाल्न कम्तिमा ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्ने अनुमान गरिएको उनले बताए ।

‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुने छ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

यो पनि पढ्नुहोस  ठगी मुद्दामा सिड्नीमा नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय
१६,मंसिर.२०७८,बिहीबार ११:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: