काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित, महाधिवेशनपछि मात्रै हुने

4.47K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्ने छ ।

IME
khanepani