लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा रेखा थापाको उम्मेदवारी दिने निश्चित

काठमाडौं । अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने निश्चित भएको छ । अध्यक्षका एक आकांक्षी राजेन्द्र लिङ्देनको प्यानलबाट उनले महामन्त्रीका लागि आज मनोनयन दर्ता गर्ने छिन् ।

राप्रपामा तीन महामन्त्री पदको व्यवस्था छ, जसमध्ये एकजनाा अनिवार्य महिला हुनुपर्छ । रेखाले महिला कोटामा उम्मेदवारी दिने भएकी हुन् । लिङदेन प्यानलबाट एक पुरुष महामन्त्रीका लागि धवल शम्शेर राणाको उम्मेदवारी पहिल्यै तय भइसकेको थियो ।

रेखा हाल राप्रपाको केन्द्रीय सदस्य छिन् । यदि महामन्त्रीमा निर्वाचित भइन् भने त्यो उनको राजनीतिक छलाङ मानिनेछ । कमल थापा प्यानलबाट कुन्ती शाही महिला महामन्त्रीको आकांक्षी छिन् । त्यसैले रेखा र शाहीबीच महामन्त्रीमा प्रतिस्पर्धा हुन सक्छ ।

१६,मंसिर.२०७८,बिहीबार १३:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्