१ करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
वि.सं.२०७८ मंसिर १७ शुक्रवार १२:४९
shares

काठमाडौं। महानगरीय अपराध महाशाखाले १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।
उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भण्डारी र भुजेलले सञ्जाल फेसबुकमार्फत आफूहरु मलेसियामा डा.बेन्जामिन फ्रान्कलिन नामक व्यक्तिबाट ठगिएको भन्दै पीडितलाई भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पठाउन लगाइ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।





















