काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

मैले जिते राप्रपामा गुटको अन्त्य हुन्छ : लिङ्देन

3.85K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्गदेनले आफू अध्यक्षमा विजयी भए पार्टीबाट गुटको अन्त्य गर्ने बताएका छन् ।

शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालय पुगेर अध्‍यक्षमा उम्मेदवारी दर्तापछि सञ्‍चारकर्मीहरुसँग उनले भने, ‘ म विजयी भएमा राप्रपामा सबै गुटको अन्त्य हुन्छ । गुटको शमूल नै अन्त्य हुन्छ ।’

उनले राप्रपामा अब फोड्‍ने होइन जोड्ने काम मात्रै बाँकी रहेको बताए । नेता लिङ्देनले भने, ‘राप्रपामा नयाँ नेतृत्व आए फुटको चरण अन्त्य हुन्छ। अब मात्र जोड्‍ने काम बाँकी रहन्छ ।’

उनले देशभर राप्रपा सकिँदै जाँदा झापामा क्रियाशील सदस्‍यता धेरै रहेको दाबी गर्दै अब देशभरि नै राप्रपाको शक्तिशाली हुने बताए । उनले भने, ‘राप्रपा अझैसम्‍म राष्ट्रिय पार्टी बन्‍न सकेको अवस्था छैन । तर पनि म झापाबाट ५० हजार भोट ल्याएर जितेर देखाएँ । झापामा राप्रपा बलियो हुँदैछ भने अब देशभर किन हुन सक्‍दैन ?’

उनले राप्रपामा नयाँ नेतृत्व आए ६ महीनाभित्र देशको प्रमुख शक्ति बन्‍ने दाबी गरे ।

khanepani