काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

गण्डकी कांग्रेस कार्यसमितिमा सात जना निर्विरोध

4.63K
shares
khanepani bord

लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन् । कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।

सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन् । मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन् ।

मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन् ।

भुगोल महिला तर्फबाट उम्मेदारी दिएकी पर्वतकी मिनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ । निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदारका लागि शनिबार मतदान हुँदैछ ।

IME
khanepani