काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति...

पुरा पढ्नुहाेस्

प्रचण्डको आरोप , चितवनमा कुम्भमेला गरेर एमाले मण्डलेहरुको मोर्चामा पतन भएको छ

4.17K
shares
khanepani bord

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट एमाले मण्डलेहरुको मोर्चामा पतन भएको आरोप लगाएका छन् ।

माओवादी सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको चितवनमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिदै त्यो सम्पूर्ण रुपमा असफल भएको दावी गरे ।

प्रचण्डले भने – अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ । पञ्चर्‍याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन । यसैगरि लाखौंलाख मान्छे उतारेको पन्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन ।

अध्यक्ष प्रचण्डले चितवन अहिले राजनीतिको कुरुक्षेत्रमा परिणत भएको भन्दै यसको कारण आफू चितवनको प्रतिनिधि हुनु रहेको बताए । उनले अहिले प्रचण्ड मन पराउने र नपराउने दुवै पक्षलाई चितवनले आकर्षित गरेको बताए ।

प्रचण्डले भने, चितवन अहिले प्रचण्डलाई मन पराउने र नपराउने दुवैको आकर्षण बनेको छ । यसले एउटा विचार,लाइन र प्रवृतिलाई इंगित गरेको छ । किनकी चितवनमा प्रचण्ड छ ।

khanepani