काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशन : गण्डकीमा ११४६ मत खस्तो, ६ बजेबाट मतगणना

4.86K
shares
khanepani bord

पाेखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा १ हजार १ सय ४६ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार १ हजार १ सय ६५ मतदातामध्ये १ हजार १ सय ४६ जनाले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका हुन् ।

गण्डकी प्रदेश कार्यसमितिको नेतृत्वका लागि संस्थापन र संस्थापन इतर समूहबीच प्यानलगत प्रतिस्पर्धा भएको छ ।

सभापति शेरबहादुर देउवा निकट समूहबाट अर्जुन जोशी सभापतिको उम्मेदवार रहेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहबाट शुक्रराज शर्मा सभापतिको प्रत्याशी रहेका छन् ।

मतदान कार्य सकिएकोले साँझ ६ बजेपछि मतगणना सुरु हुने जनाइएको छ । मतगणना पोखरास्थित उद्योग वाणिज्य संघको हलमा हुनेछ ।

IME
khanepani