लुम्बिनी कांग्रेसको मतगणना-सभापति उम्मेदवार अमरसिंह पुनको प्यानलले नै अग्रता हासिल

भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्विनी प्रदेश कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

प्रारम्भिक नतिजामा संस्थापनइतर पक्षका सभापति उम्मेदवार अमरसिंह पुनको प्यानलले नै अग्रता हासिल गरेको छ । सभापतिमा पहिलो १ सय मत गन्दा पुनले ५३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी संस्थापन पक्षका उम्मेदवार भरत शाहले ४७ मत पाएका छन् ।

कार्यसमिति सदस्यतर्फ भने २ सयभन्दा बढी मतगणना गरिएको छ । सदस्यतर्फ पनि पुन प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । जसमध्ये ९ जिल्लामा संस्थापनइतर पक्षले जितेको थियो ।

१९,मंसिर.२०७८,आईतवार १०:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्