राप्रपा केन्द्रीय सदस्यमा राजेश र कुन्तीलाई लोकप्रिय मत
वि.सं.२०७८ मंसिर १९ आइतवार ११:१७
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितका लागि भएको निर्वाचनमा डा. राजेश गिरीले पुरुषतर्फ र कुन्तीदेवी पोखरेलले महिलातर्फ सर्वाधिक मत ल्याएका छन् ।
गिरीले २२५८ मत र पोखरेलले २०८० मत ल्याएर जित हासिल गरेका हुन् ।
झापाका डा. गिरी यसअघि पनि केन्द्रीय सदस्य थिए । उनले विगतमा पार्टीको प्रशिक्षण विभागको सदस्यका रुपमा काम गरिसकेका छन् ।
कुन्ती भने पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी सुधीर बस्नेतको ओरेन्टल सहकारीबाट पीडित भएकाहरुले गठन गरेको संघर्ष समितिकी संयोजक छिन् ।






















