लुम्बिनी कांग्रेसको मतगणना जारी : पुन एक सय ९ मतले अगाडि

भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म ४ सय ६५ मतको परिणाम सार्वजनिक भएको छ । जसमा संस्थापनइतर पक्षका सभापति उम्मेदवार अमरसिंह पुनले एक सय ९ मतले अग्रता लिएका छन् ।

पुनले २ सय ८५ मत ल्याउँदा संस्थापन पक्षका उम्मेदवार भरत शाहले १ सय ७६ मत ल्याएका छन् ।

सो प्रदेशमा १ हजार ६ सय ३१ मत खसेको छ । आज बेलुकीसम्म मतपरिणाम सार्वजनिक हुने बताइएको छ । पदाधिकारीतर्फ पनि पुनको प्यानलले नै अग्रता हासिल गरेको छ ।

१९,मंसिर.२०७८,आईतवार १६:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्