निर्वाचन परिणाम सबैले स्वीकार गर्नुपर्छ : पशुपतिशम्शेर राणा

नेपाली जनता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले निर्वाचन परिणम सवैले स्वीकार गर्नुपर्ने बताएका छन् ।

आइतबार सकिएको मतगणनाले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा पराजित कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन् । पूर्वअध्यक्ष समते रहेका उनी नयाँ कार्यसमितिको सपथ ग्रहणमा समेत गएनन् ।

तर पूर्व अध्यक्ष राणाले भने महाधिवेशनका क्रममा नै आफूले सकेसम्म सहमति गरौं, चुनाव भए परिणाम सबैले स्वीकार गर्नुपर्छ भनेको स्मरण गराए । उनले अघि भने, म परिणाम स्वीकार्छु, सम्पूर्ण साथीहरुलाई पनि स्वीकार्न अनुरोध गर्छु ।’

निर्वाचनका क्रममा पूर्वअध्यक्ष राणाले लिङ्देनतर्फ इंगित गर्दै आफू काँचो नेतृत्वको पक्षमा नभएको वक्तव्य दिएका थिए । नयाँ पुस्तालाई अहिले कि पछि हस्तान्तरण गर्ने भन्नेमा आ-आफ्नो मत रहेको भन्दै उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरुले अहिले नै हुनुपर्छ भनेर छाने । महाधिवेशन प्रतिनिधिहरुको जुन निर्णय छ, त्यो हामीलाई शिरोधार्य छ ।’

यो पनि पढ्नुहोस  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग
१९,मंसिर.२०७८,आईतवार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: