
काठमाडौ । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् ।
आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी भएका छन् । पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । निर्वाचनमा कूल १६२ मत खसेको जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य अर्जुन धरेलले जानकारी दिए ।
धरेलका अनुसार अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको हो । बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधि सहमतिका आधारमा टुंग्याउने निर्णय भएको उनले जानकारी दिए ।
अधिवेशनको लागि पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई खटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्