काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

भारतमा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित, ओमिक्रोनबाट संक्रमितको संख्या पाँच गुणाले बढ्यो

5.62K
shares
khanepani bord

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएको पाइएको छ । यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमित २११ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिहरुको कूल संख्या ४ बाट बढेर २१ पुगेको छ ।

आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एक जना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

IME
khanepani