नेपालमा दुईजनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि
वि.सं.२०७८ मंसिर २० सोमवार १३:२५
shares

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।


























