काठमडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी...

पुरा पढ्नुहाेस्

राजदूतको कामको निगरानी गर्न संसदीय संयन्त्र बनाऔं : जितेन्द्र देव

4.75K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुको काम अनुगमन गर्न संसदीय संयन्त्र चाहिने बताएका छन् ।

बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा सांसद देवले नेपाली दूतावास र नियोगहरुले गरेका कामबारे अनुगमन गर्न संसदीय संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।

‘राजदूतहरुलाई सुनुवाइ गरेर त पठाउछौं । त्यसपछि अनुगमन गर्ने मेकानिजम आवश्यक हुन्छ’ उनले भने, ‘‍‍‍…यो मेकानिजम भयो भने नियोगका काम कारबाहीमा ध्यान पुग्छ भन्ने लाग्छ ।’

नेता देवले राजदूतले काम गर्दा आफू राज्यकै प्रतिनिधि हुँ भन्ने सोच राख्नुपर्ने पनि बताए ।

IME
khanepani