बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोमबार पहिलोपटक केन्द्रीय कार्यालय जाँदै

4.88K
shares
khanepani bord

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोमबार पहिलोपटक केन्द्रीय कार्यालय जाने भएका छन् । देउवाले १४ औं महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन उनी कार्यालय जान लागेका हुन् ।

बैठक सोमबार दिउँसो साढे चार बजे बस्दैछ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् । सोमबार अपरान्ह साढे ४ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् । उनी गत असार २९ गते पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवादका विषयलाई लिएर केन्द्रीय कार्यालयमा निरन्तर धर्ना र अनसनका कार्यक्रम भएपछि देउवा कार्यालय गएका थिएनन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडादेखि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला हुँदै वडा प्रदेशको समेत अधिवेशन भइसकेको छ । अब मंसिर २४ गतेदेखि केन्द्रीय महाधिवेशन हुँदैछ ।

IME
khanepani