कांग्रेस सहमहामन्त्रीमा भीष्मराजले गरे उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत आठ सहमहामन्त्रीको व्यवस्था गरेको छ । कांग्रेसको विधानले गरेको नयाँ व्यवस्थाअनुसार खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ जना सहमहामन्त्री चुनिनेछन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता आङ्देम्बेले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए ।

२०,मंसिर.२०७८,सोमबार १६:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्