चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी विद्यार्थीबाट रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालाबन्दी गरेको छ ।

संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको वताए ।

विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।

२१,मंसिर.२०७८,मंगलवार ११:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्