सरकारले कोरोना भाइरसविरुद्धको मोर्डना खोप यसै सातादेखि १८ वर्षभन्दा तलका बालबालिकालाई लगाइने
वि.सं.२०७८ मंसिर २१ मंगलवार १२:०१
shares

काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्धको मोर्डना खोप १८ वर्षभन्दामुनिका बालबालिकालाई लगाउने भएको छ । यही हप्ताभित्र खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल आएको मोडर्ना खोप १२ देखि १८ वर्षमुनिका बालबालिकालाई लगाइने छ । हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको खोप शाखा प्रमुख सागर दाहालले बताए।
खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको हो ।
यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो। मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो ।




















