काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

3.9K
shares
khanepani bord

धनगढी । डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन् ।

जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्य राजमती ऐरलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) देवेन्द्र पालले ऐरले दिएको जाहेरीका आधारमा नगर अध्यक्ष माललाई मंगलबार पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार मालले केही दिन अघि रंगुन खोला नजिकै ऐरमाथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

पक्राउ परेका माललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

khanepani