
काठमाडौं । १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न रामचन्द्र पौडल समूहलाई कार्यकर्ताले दबाब दिएका छन् ।
मंगलबार सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका छन् ।
नेताहरु छलफलमा रहेका बेला महाधिवेशन प्रतिनिधिको एक समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न दबाब दिँदै नेता सिंहको निवासमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले साझा उम्मेदवारको विकल्प छैन, एकतामात्रै जितको आधार हो, नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्, अहिले नमिले कहिले मिल्ने आदि लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्