काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

कांग्रेसका दुई जिल्ला सभापतिको कित्ता परिवर्तन, पौडेल पक्षको भेलामा सहभागी

4.46K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षबाट जितेका दुई जिल्ला सभापति रामचन्द्र पौडेल पक्षमा खुलेका छन् ।

पौडेल पक्षले बुधवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको भेलामा संस्थापन पक्षको समर्थनबाट जितेका दुई जिल्ला सभापति सहभागी भएर कित्ता फेरेका हुन् ।

यसरी पौडेल पक्षमा खुल्नेमा ललितपुरका जितेन्द्र श्रेष्ठ र तनहुका जितप्रकाश आले छन् । श्रेष्ठलाई प्रकाशमान सिंहको पनि समर्थन थियो । यद्यपी ललितपुरमा संस्थापन पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

उता तनहुँमा भने पौडेल निकट उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका जितप्रकाश आलेलाई देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई लगायतको समर्थन थियो । आले यसअघि पौडेल पक्षमा रहे पनि महाधिवेशनबाट सभापति बन्ने बेला संस्थापन पक्षको उम्मेदवार बनेका थिए ।

IME
khanepani