काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

त्रिवि उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

3.63K
shares
khanepani bord

काठमाडौं । करारमा कार्यरत शिक्षकलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलय घेराउ गरेका छन् ।

सत्तारुढ दलका विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी संगठनले बुधबार उपकुलपति कार्यलय घेराउ गर्ने क्रममा ८ जना विद्यार्थी नेता पक्राउ परेका अनेरास्ववियू (क्रान्तिकारी) का त्रिवि अध्यक्ष प्रदीप भट्टले जानकारी दिए ।

मंसिर १४ गते त्रिवि सभाको बैठकले करारमा रहेका ४८० शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका छन् ।

पक्राउ परेका विद्यार्थीहरुलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।

khanepani