
काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले वचतकर्ताले वचत गरेको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको जिकिर गरेका छन् ।
सरकारी वकिलको उपस्थितिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिएको बयानमा तामाङले सहकारीले वचतकर्तालाई सात अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने स्वीकारेका छन् । तर रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई संस्थाको भएको जिकिर गरेका छन् ।
‘२०७२ सालको विनाशकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेन्टहरुमा ठूलो क्षति पुगेकाले पुनः निर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी व्यहोर्नुपर्यो’ उनले भनेका छन्, ‘कोरोना महामारीको कारण घर/अपार्टमेन्ट बिक्री वितरणमा कमी आएकाले भने जति साँवा रकम चुक्ता गर्न नसकेको हो ।’
तामाङसहित १३ जनालाई प्रहरीले वचतकर्ताको उजुरीका आधारमा १८ असोजमा पक्राउ गरेको थियो ।
२०५७ सालतिर हरिहर लामिछाने, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्य, डा. दुर्गाप्रसाद संग्रौला, सूर्यप्रसाद संग्रौला समेतका ब्यक्तिहरु आपसमा छलफल गरी व्यवस्थित बसोबासको लागि हाउजिङ व्यवसाय गर्ने उद्देश्यले २०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो ।
स्थापना भए पश्चात तत्कालै मैले एक लाख कित्ता शेयर लगानी गरी शेयर सदस्यको रुपमा आबद्ध भइ आएको हुँ । मैले संचालक समितिले निर्णय गरे अनुसार पटक पटक थप शेयर पनि लगानी गरेको हुँ ।
म संस्थाको स्थापना कालदेखि २०६७ सालसम्म सञ्चालक समितको अध्यक्ष भएको हो । त्यसपछि २०७३ सालसम्म संस्थाको सल्लाहकारको रुपमा काम गरेको हो । २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस्