काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

शमसेरको दावी, देउवा कांग्रेसको सभापति नभए ओली फेरि सत्तामा फर्किने खतरा

3.8K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका नेता उदय शमसेर जबराले कांग्रेस सभापतिमा शेरवहादुर देउवा निर्वाचित नभए सत्ता गठबन्धन भत्किने र फेरि केपी ओलीले चुनाव जित्ने खतरा रहेको दावी गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै राणाले अहिले सभापतिमा देउवाको विकल्प खोज्न नहुने बताए । उनले देउवाबाहेक अरुले कांग्रेस नेतृत्व हात पारेमा मुलुकमा फेरि केपी ओली शासन सत्तामा फर्किने खतरा रहेको दावी गरे ।

राणाले भने, ‘हामी को कुन पदमा हुने भन्दा पनि सभापतिमा देउवाको विकल्प दुई कारणले खोज्न मिल्दैन । पहिलो कारण कांग्रेसकै नेतृत्वमा अबको चुनावमा जानका लागि गठबन्धन सरकार जोगाउनुपर्छ । अर्को सभापति हुनासाथ सरकार ढाल्ने खेल शुरु हुन्छ । दोस्रो कारण भनेको, देउवाले जित्नु भएनमा मुलुकमा केपी ओली फर्किने खतरा हुन्छ ।’

राणाले कांग्रेसमा देउवाको निरन्तरतासँग गठबन्धन सरकारको निरन्तरताको भविष्य समेत जोडिएको भन्दै मुलुकमा फेरि कानूनी जटिलता आउनद सक्ने र केपी ओली फेरि सरकारमा आउन सक्ने भएकाले पनि कांग्रेसले देउवालाई निरन्तरता दिनुपर्ने बताए ।

अघिल्लो महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेर २५ जना जित्नुपर्नेमा २६ औं नम्बरमा परेका राणाले यसपटक पनि खुलामा केन्द्रीय सदस्य उम्मेदवार बन्ने बताए ।

khanepani