नरेन्द्रसिह कार्की दार्चुला । नौगाड गाउँपालिका–१ का सुशीला डडालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि...

पुरा पढ्नुहाेस्

पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा दायर

4.76K
shares
khanepani bord

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विभिन्न कार्यालयमा काम गर्दा स्रोत नखुलेको १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

फागुन ६ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० गते अवकाश हुनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार ९५८८ रुपैयाँ आम्दानी गरेका थिए । जसमा उनको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।

त्यसमध्ये एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।

अवैध आर्जनको सम्पत्ति उनले श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खाताहरुमा राखेको अख्तियारको भनाइ छ । अख्तियारले उनको श्रीमतीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

IME
khanepani