दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

आगामी पुस ४ गतेदेखि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाइने

4.68K
shares
khanepani bord

काठमाडौं । आगामी पुस ४ गतेदेखि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । मुलुकका ५७ जिल्लाका विद्यालयबाटै स्कुले विद्यार्थीलाई उक्त खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले खोप लक्षित समूहमा राखेको बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने जनाइएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । ‘पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ दाहालले भने ।

कोभ्याक्स सुविधामार्फत बिहीबार मात्रै मोडर्नाको करिब १५ लाख डोज खोप आएको छ । यसअघि एक लाख ८८ हजार डोज आएको थियो । आइतबार १९ लाख ६५ हजार ६ सय डोज आउने तयारी छ । कोभ्याक्सले नेपाललाई दिएको निःशुल्क खोप हो यो । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार मोडर्नाकै थप ४० लाख डोज खरिद गरेर ल्याउन लागिएको छ ।

पुस ४ गतेदेखि ५७ जिल्लाका विद्यालयमा खोप लगाइने भएको छ । जसमा इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, म्याग्दी, मुस्ताङ, लमजुङ, पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, मनाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवरपरासी पश्चिम, कपिलवस्तु, बर्दिया, डोल्पा, रुकुम पश्चिम, सल्यान, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला छन् ।

IME
khanepani