काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

दाङमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

4.45K
shares
khanepani bord

बुटवल । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरो जिपले घोराहीबाट तुलसीपुर जाँदै गरेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

IME
khanepani