काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

१५ लाख डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो, आइतबार थप १९ लाख ६५ हजार डोज आउँदै

4.42K
shares
khanepani bord

काठमाडौं । नेपालले कोभ्याक्स सुविधाअन्तर्गत थप करिब १५ लाख मोडर्ना खोप प्राप्त गरेको छ । उक्त परिमाणको खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले बिहीबार दिउँसो १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप नेपाल आइपुगेको जानकारी दिए ।

आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं आइपुग्ने समेत थापाले जानकारी दिए । गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । नेपालले अहिलेसम्म दुई करोड ९४ लाख ५४ हजार १३० डोज खोप प्राप्त गरिसकेको छ ।

मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९९ लाख पाँच हजार ५०१ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड आठ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसङ्ख्यामा ५४.४ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशत पूर्ण मात्रा खोप लगाएका छन् ।

IME
khanepani